पहुँच भएकालाई मात्रै आईसियूमा भर्ना गर्न पाउने भनेर सरकारले भनेको छैनः प्रवक्ता गौतम

पहुँच भएकालाई मात्रै आईसियूमा भर्ना गर्न पाउने भनेर सरकारले भनेको छैनः प्रवक्ता गौतम


काठमाडौं ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पहुँच भएकालाई मात्रै आईसियूमा भर्ना गर्न पाउने भनेर सरकारले नभनेको बताएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निकालेको एक विज्ञप्ती अनुसार विभिन्न सञ्चार माध्यममा पहँुज वालाले मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस र समन्वयमा मात्रै काठमाडौं उपत्यकाका अस्पतालहरुले आईसोलेसन र आईसियूमा भर्ना गर्न पाउने भनेर सरकारले नभनेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका हुन् ।

उनका अनुसार अहिले उपत्यकाका विभिन्न अस्पतालमा कोरोना संक्रमित पुष्टि भएका तर कुनै पनि लक्षण नै नभएका बिरामी पनि अस्पतालको आईसोलेसनमा बेडमा रहेकाले अब यसरी कोरोना पोजेटिभ भएका तर कुनै पनि कोरोना लक्षण नभएका बिरामीलाई घरमै आईसोलेसनमा राख्ने र लक्षण भएका र तत्काल उपचार गर्नु पर्ने बिरामीलाई सहज तरिकाले अस्पतालमा उपचारको लागि भनेर स्वास्थ्य मन्त्रालयले तोकिएका व्यक्तिहरुको सिफारिस र समन्वयमा मात्रै भर्ना लिन उपत्यकाका अस्पतालहरुलाई उर्दी जारी गरेको बताए ।


अब कोरोना संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई पहिलो प्राथामिकतामा राखेर उपचार गर्नेका लागि तथा अहिले बिमारीको जबरजस्तीले पनि अस्पतालमा भर्ना गरेर राखिएकाले अन्य जटिल प्रकृतीका बिमारीले उपचार नपाएकाले यस्तो निर्णय गरेको हो । यसमा कुनै पनि पहँुच हुने र नहुने भन्ने कुरा कतै पनि नरहेको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी, डा.माधबप्रसाद लम्साल, डा.नवराज जोशी र डा.कुम्भराज जोशीको सिफारिसमा मात्रै अस्पतालमा कोभिड १९ का भर्ना हुनु पर्ने अवस्थाका विरामीहरुले भर्नाका लागि अनुमति पाउनेछन् । यसको लागि मन्त्रालयका आइसीएस कोर्डिनेटर एबम् निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीको संयोजकत्वमा समिती गठन गरेको छ ।

अब यो समितीले अस्पतालमा कोभिड १९ को लागि छुट्याइएको आईसोलेसन तथा आइसीयु बेडहरुमा विरामी भर्ना गर्नु पर्दा क्लिनिकल म्यानेजमेन्ट टिमको सिफारिस र समन्वय गरेर पठाएका बिरामीलाई मात्रै भर्ना गर्न निर्देशन गरिएको उनको भनाइ ।

Logo