दार्चुलामा विपत्ति : अविरल वर्षाका कारण बंगाबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगे, उद्धार कार्य जारी

दार्चुलामा विपत्ति : अविरल वर्षाका कारण बंगाबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगे, उद्धार कार्य जारी


शुक्रवार रातीदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।  बंगाबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्दार गरेका छन् । मानिसहरु सबै रातीदेखिनै घरबाहिर निस्किएका छन् ।

बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उद्धार कार्य जारी रहेकोले क्षतिको एकिन विवरण प्राप्त हुन सकेको छैन । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ । अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुल संगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र उच्च जोखिममा छ ।

दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुंगे र मोटर पुल बगाएको छ । कटान अझै जारी छ ।

Logo