नेपालले आज भुटानको सामना गर्दै

नेपालले आज भुटानको सामना गर्दै


एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ ।

खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाली समयानुसार राति पौने ९ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान पनि नेपाललाई हराएर जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ ।

नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टोलीको तयारी राम्रो रहेकाले एसियन कपमा छनोट हुने आशा राखेको बताएका छन् । यो समूहमा यी दुईसँगै कतार, बहराइन र बंगलादेश छन ।
 

Logo