अभिनेत्री नीता ढुंगानाको पहिलो भजन गायन कोसेली (भिडियो)

अभिनेत्री नीता ढुंगानाको पहिलो भजन गायन कोसेली (भिडियो)


काठमाडौं ।

अभिनेत्रीहरु गौरी मल्ल, रेखा थापा, निरुता सिंह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आरएल राणा, अनु शाह लगायतका थुप्रै नेपाली नायिकाहरुले आफ्नो परिचयलाई फराकिलो बनाउँदै गायिका शब्द थपिरहँदा अर्की नेपाली नायिका निता ढुंगाना पनि यस समूहमा प्रवेश गरेकी छिन् । उनले भजन गायनमार्फत गायनमा प्रवेश गरेकी हुन् ।

उनको आवाजमा रहेको पहिलो भजन ‘श्री सिद्धीविनायक मन्त्र र आरती– बक्रतुण्ड’ शनिबार सार्वजनिक गरिएको छ । गणेश भगवानको भजन भएकोले उनले गणेश चतुर्थीकै दिन भजन सार्वजनिक गरेकी हुन् ।

निताकै लगानीमा रहेको उक्त भजनको शब्द पुरानो गणेश भजनको युट्युब राईटमार्फत लिएर तयार पारिएको हो । त्यस्तै गीतको भिडियोमा रामजी लामिछानेको निर्देशन रहेको छ भने भिडियोलाई संजय लामाले खिचेका छन् ।

साउण्ड डिजाईन स्टुडियोमा रेकर्ड गरिएको भजनलाई निताले आफ्नै युट्युब च्यानल ‘नवनिता ईन्टरटेन्मेन्ट’मार्फत सार्वजनिक गरेकी छिन् । भिडियो :

 

Logo