नेकपा कार्यदलले बुझायो प्रतिवेदन

नेकपा कार्यदलले बुझायो प्रतिवेदन


काठमाडौं ।

विवाद समाधानका उपाय सुझाउन गठिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले आज प्रतिवेदन बुझाएको छ ।

गत साउन ३० गते गठित कार्यदलले सर्वसम्मतरुपमा तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाइएको हो ।

आज साँझ ४ः४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कार्यदलमा विष्णु पौडेलसहित भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भूसाल सदस्य रहेका छन् । नेकपा सचिवालय बैठकले दुई जना अध्यक्षले बनाएको कार्यदललाई यस अघि नै अनुमोदन गरिसकेको छ ।

Logo