एसएस फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई झोला हस्तान्तरण

एसएस फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई झोला हस्तान्तरण


सुवर्ण समशेर जबरा (एसएस) फाउण्डेशनले दोलखाका तीन वटा विद्यालयहरुलाई झोला वितरण गरेको छ । 

शनिवार फाउण्डेशनले काठमाडौंमा एक कार्यक्रम गरी त्रिपुरासुन्दरी आधारभुत विद्यालय, दोलखा, ताम्रापालिका आधारभुत विद्यालय, दोलखा र तिखातल प्राथमिक विद्यालय, दोलखा विद्यालयका सम्बन्धित व्यक्तिहरुलाई झोला हस्तान्तरण गरेको हो । फाउण्डेशनले विभिन्न समयमा विद्यार्थीहरुका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गर्दै आइरहेको छ । 

हस्तान्तरण कार्यक्रमपछि बोल्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले फाउण्डेशनको उद्देश्य असहाय विद्यार्थीहरु पढाइबाट वञ्चित नहोउन् भन्ने रहेको बताए । उनले शैक्षिक सामग्रीहरुका साथै दैविक प्रकोपको बेलामा फाउण्डेशनले दैविक प्रकोप उद्धारका सामानहरु वितरण गरिरहेको बताए । संस्थाले विद्यार्थीहरुको शैक्षिक भविष्यलाई ठूलो सहयोग पु-याइरहेको उनले बताए । 
 
विद्यालयका प्रतिनिधिहरुले फाउण्डेशनले विद्यार्थीहरुको खुशीका लागि गरेको सामाजिक कार्यलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताए । 

Logo