बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक


सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँट टुङ्ग्याउन छलफलमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । 

आगामी निर्वाचनमा जाँदा कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् । सिट बाँडफाँट टुङ्ग्याउन गठन भएको कार्यदलले अधुरो प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरू पछिल्ला दिनमा निरन्तर छलफलमा जुटिरहेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल गर्ने सहमति गरेअनुसार सिटको भागबण्डा मिलाउन सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले दर्जनौँ पटक छलफल गरे तापनि सिट बाँडफाँटका नटुङ्गिएपछि अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो । 

Logo