बुटवलमा विद्यालय गएका ३ विद्यार्थी वेपत्ता

बुटवलमा विद्यालय गएका ३ विद्यार्थी वेपत्ता


बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी वेपत्ता भएका छन् । 

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कबिहीन भएका हुन् ।नबिन औद्योगिक मावि कक्षा ९ मा अध्ययनरत दुई जना र नहरपुर मावि कक्षा ८ मा अध्ययनरत १ जना सँगै घरबाट निस्केपनि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ । 

परिवारले खोजविनका लागि प्रहरीमा उजुरी दिएको छ । वेपत्तामध्ये समिर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरुलाई अज्ञातस्थलमा राखिएको जानकारी दिएको जनाइएको छ । उनले आफूहरुलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस खुलेको म्यासेजमा लेखेपनि त्यसपछि कुनै सम्पर्क भएको नभएको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले परिवारको निवेदन अनुसार सबैतिर खोजविन भएको आइतबार कार्यालय खुलेपछि  कलडिटेल र अन्य प्रविधिबाट हेर्ने जानकारी दिए । 

Skip This
Logo