बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए

बुटवलबाट हराएका तीन बालक मुम्बइमा भेटिए


रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ ।  

बुटवल उपमहानगरपालिका(११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए । शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोजी कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रतिक्रिया दिए ।

Skip This
Logo