ट्रम्पलाई सुन्दर पत्र पठाएर किमद्वारा क्षेप्यास्त्र प्रक्षेपण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली नेताले आफुलाई ३ पन्ना लामो सुन्दर पत्र पठाएको बताइरहेका बेला उत्तर कोरियाले  दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

शनिवार बिहान छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेप गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो । छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुने मानिन्छ ।

दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार बिहान प्रक्षेपण गरिएका क्षेप्यास्त्र झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ४०० किलोमिटर पर पुगेका थिए। ती क्षेप्यास्त्र कोरियाली प्राय द्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसेको बताइएको छ ।

तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६.१ गुणा बढी थियो। गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निरस्त्रीकरणबारे पुन वार्ता थाल्ने सहमति गरेपछि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ ।

भोली (अगस्ट ११ )बाट अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास हुने भनिए पनि त्यसको तयारी भने अति सामान्य थालिएको बताइएको छ ।

ट्रम्पलाई सुन्दर पत्र पठाएर किमद्वारा क्षेप्यास्त्र प्रक्षेपण