युवा र चितुवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते

युवा र चितुवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते


गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ । भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम बहादुर कुँवरको आइतबार बिहानै करिब पाँच मिनेटजति चितुवासँग भिडन्त भएको हो ।

घर नजिकै रहेको खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी खोरमा पुगेका थिए । त्यत्तिबेला खोरभित्र रहेको चितुवाले उनलाई आक्रमण गर्न थालेपछि कुँवर प्रतिकारमा उत्रिएका थिए । 

घाइते कुँवरलाई चितुवाले शरिरको विभिन्न भागमा चिथोरेको छ । उनको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था भने सामान्य छ ।

चितुवाले खोरमा रहेका साना–ठुला गरी सयभन्दा बढी बोइलर कुखुरा मारेको छ ।  

Logo