जबराको बयान सुरु

जबराको बयान सुरु


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध लागेको आरोपबारे बयान दिन महाभियोग सिफारिस समितिको बैठक कक्षमा पुगेका छन्। आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहने छ । 

भदौ १५ गतेदेखि सुरु भएको बयानमा समितिले जबरालाई सोध्नका लागि ४२ वटा प्रश्न तयार पारेको छ।  समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ ।  जसमा जबरा प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाउन मै समय खर्च गरिरहेका छन् । समितिको अहिले जम्मा तिन वटा मात्रै बैठक बसेको छ ।

जबराविरुद्ध  गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन् ।
 

Logo