क्यानको प्रदेश १ अध्यक्षमा मिङ्मा डण्डू शेर्पा

नेपाल क्रिकेट संघ (क्यान) को प्रदेश १ अध्यक्षमा मिङ्मा डण्डू शेर्पा चयन भएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका विप्लव घोसले नाम फिर्ता लिएपछि शेर्पा अध्यक्षमा चयन भएका हुन् । शेर्पाको नेतृत्वमा १३ सदस्यीय कमिटी चयन गरेको छ ।

उपाध्यक्षमा सुनिल कार्कीलाई पराजित गर्दै नविन घिमिरे निर्वाचित भए । त्यस्तै सचिवमा मनोज कटुवाल र कोषाध्यक्षमा विरु तामाङ चयन भएका छन् ।

क्यानको प्रदेश १ अध्यक्षमा मिङ्मा डण्डू शेर्पा