गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको गाडीमा आगजनी भएको छ ।

अज्ञात समूहले शनिवार मध्यराती रा १ झ १५२ नम्वरको बोलेरो गाडीमा आगजनी गरिएको हो। गाडी पूर्ण रुपमा जलेर नस्ट भएकाे छ । गाडिमा लागेकाे आगो ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिशरमा पार्किङ गरेर राखिएको अवस्थामा आगजनी गरिएको जानकारी दिए ।

उनले आफु त्यसतर्फ जाँदै गरेको बताउंदै कसले किन आगो लगायो भन्ने खुल्न नसकेको बताए ।

फोटो: जीवन नेपाली

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी