#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
सरकारले बढी नै आम्दानी हुने र चर्चित देवस्थलको भेटीलाई व्यवस्थित गर्न ‘भेटीघाटी व्यवस्थापन निर्देशिका’ बनाएर लागू गरे पनि देशका अधिकांश मन्दिरमा यो लागू हुन सकेको छैन । मुलुकको सबभन्दा चर्चितमध्ये एक पशुपतिनाथको भेटीघाटी आठ वर्षअघिदेखि व्यवस्थित हुन थालेपछि अन्य मन्दिरमा पनि यस्तो व्यवस्था गर्न सरकारले निर्देशिका जारी गरेको थियो ।मुलुकमा राजगुठीअन्तर्गत मात्रै एक हजारभन्दा बढी देवस्थल छन् । यसमध्ये काठमाडौँको बगलामुखी, कुम्भेश्वर, सङ्कटा, महाङ्काल, बनेपाको चण्डेश्वरी, हेटौँडाको भुटनदेवी, सुर्खेतको देउतीबज्यै, स्वर्गद्वारी, देवघाट, भक्तपुरको डोलेश्वरलगायतका प्रशस्त भेटी प्राप्त हुने अनुमान गरिएका देवस्थलको भेटीलाई नियमावलीले समेट्न सकेको छैन ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायका अनुसार कुनै मन्दिरमा पुजारी रहने, कुनैमा धामी रहनेलगायतका विविध परम्परा रहेकाले सबै मन्दिरको भेटिघाटी पारदर्शी बनाउन कठिनाइ भइरहेको छ । उहाँले यी सबलाई मिलाउँदै भेटी पारदर्शी गर्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो । कतिपय देवस्थलमा स्थानीय समिति गठन भई समितिमार्फत भेटी व्यवस्थापन गरिएको छ ।प्रवक्ता उपाध्यायले पशुपतिमा सारै राम्रो भेटी व्यवस्थापन भएकाले यहीअनुरूप अन्य देवस्थलमा पनि भेटी पारदर्शी रूपमा सङ्कलन होस् भन्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । तत्कालीन संस्कृतिमन्त्री गोपाल किराँतीले पशुपतिमा यो नीति लागू गर्नुभएको थियो । “विभिन्न देवस्थलका विभिन्न सांस्कृतिक धार्मिक पाटो रहेकाले केही समय भने लाग्छ”, उहाँले भन्नुभयो, “देवताका नाममा आएका भेटी मुलुकको समग्र विकास निर्माणमा लगानी हुनुपर्छ भन्ने अपेक्षा भक्तजनले गर्दै आएका थिए, यसैअनुरूप पशुपतिनाथको भेटी सङ्ग्रह हुन सकेको छ भने अन्य देवस्थलमा प्रयास जारी छ ।”पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार पशुपतिनाथमा नियमावली लागू भएयता हालसम्म ८२ करोड रुपियाँ भेटी प्राप्त भएको छ । पशुपतिनथको भेटी पारदर्शी भएयता सरकारले नवलपरासीको मौलाकालीका र पोखराको विन्ध्यवासिनीमा पनि भेटी पारदर्शीका लागि कार्य सुरु गरेको छ । खोटाङको हलेसीमा पनि स्थानीय व्यवस्थापन समितिले भेटीघाटी प्रत्येक महिना सार्वजानिक गर्दै आएको छ । अब गोरखा मनकामनामा प्राप्त भेटीलाई पारदर्शी गराउन प्रयोगात्मक रूपमा अभ्यास सुरु भएको छ ।सरकारले पशुपतिनाथ भेटीघाटी पारदर्शी तथा मन्दिर व्यवस्थापन नियमावली जारी गरेपछि यसको केही वर्षमै मुलुकका सबै देवस्थलको भेटीघाटीलाई पारदर्शी गर्न भेटीघाटी व्यवस्थापन निर्देशिका जारी गरेको थियो । पशुपतिमा भने वि.सं. २०६८ चैत २६ देखि नियमावली लागू गरिएको थियो । गोरखापत्र दैनिकबाट

हजारौं मन्दिरमा सङ्कलन हुने करोडौं भेटी कहाँ जान्छ ?

सरकारले बढी नै आम्दानी हुने र चर्चित देवस्थलको भेटीलाई व्यवस्थित गर्न ‘भेटीघाटी व्यवस्थापन निर्देशिका’ बनाएर लागू गरे पनि देशका अधिकांश मन्दिरमा यो लागू हुन सकेको छैन । मुलुकको सबभन्दा चर्चितमध्ये एक पशुपतिनाथको भेटीघाटी आठ वर्षअघिदेखि व्यवस्थित हुन थालेपछि अन्य मन्दिरमा पनि यस्तो व्यवस्था गर्न सरकारले निर्देशिका जारी गरेको थियो ।

मुलुकमा राजगुठीअन्तर्गत मात्रै एक हजारभन्दा बढी देवस्थल छन् । यसमध्ये काठमाडौँको बगलामुखी, कुम्भेश्वर, सङ्कटा, महाङ्काल, बनेपाको चण्डेश्वरी, हेटौँडाको भुटनदेवी, सुर्खेतको देउतीबज्यै, स्वर्गद्वारी, देवघाट, भक्तपुरको डोलेश्वरलगायतका प्रशस्त भेटी प्राप्त हुने अनुमान गरिएका देवस्थलको भेटीलाई नियमावलीले समेट्न सकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायका अनुसार कुनै मन्दिरमा पुजारी रहने, कुनैमा धामी रहनेलगायतका विविध परम्परा रहेकाले सबै मन्दिरको भेटिघाटी पारदर्शी बनाउन कठिनाइ भइरहेको छ । उहाँले यी सबलाई मिलाउँदै भेटी पारदर्शी गर्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो । कतिपय देवस्थलमा स्थानीय समिति गठन भई समितिमार्फत भेटी व्यवस्थापन गरिएको छ ।

प्रवक्ता उपाध्यायले पशुपतिमा सारै राम्रो भेटी व्यवस्थापन भएकाले यहीअनुरूप अन्य देवस्थलमा पनि भेटी पारदर्शी रूपमा सङ्कलन होस् भन्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । तत्कालीन संस्कृतिमन्त्री गोपाल किराँतीले पशुपतिमा यो नीति लागू गर्नुभएको थियो । “विभिन्न देवस्थलका विभिन्न सांस्कृतिक धार्मिक पाटो रहेकाले केही समय भने लाग्छ”, उहाँले भन्नुभयो, “देवताका नाममा आएका भेटी मुलुकको समग्र विकास निर्माणमा लगानी हुनुपर्छ भन्ने अपेक्षा भक्तजनले गर्दै आएका थिए, यसैअनुरूप पशुपतिनाथको भेटी सङ्ग्रह हुन सकेको छ भने अन्य देवस्थलमा प्रयास जारी छ ।”

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार पशुपतिनाथमा नियमावली लागू भएयता हालसम्म ८२ करोड रुपियाँ भेटी प्राप्त भएको छ । पशुपतिनथको भेटी पारदर्शी भएयता सरकारले नवलपरासीको मौलाकालीका र पोखराको विन्ध्यवासिनीमा पनि भेटी पारदर्शीका लागि कार्य सुरु गरेको छ । खोटाङको हलेसीमा पनि स्थानीय व्यवस्थापन समितिले भेटीघाटी प्रत्येक महिना सार्वजानिक गर्दै आएको छ । अब गोरखा मनकामनामा प्राप्त भेटीलाई पारदर्शी गराउन प्रयोगात्मक रूपमा अभ्यास सुरु भएको छ ।

सरकारले पशुपतिनाथ भेटीघाटी पारदर्शी तथा मन्दिर व्यवस्थापन नियमावली जारी गरेपछि यसको केही वर्षमै मुलुकका सबै देवस्थलको भेटीघाटीलाई पारदर्शी गर्न भेटीघाटी व्यवस्थापन निर्देशिका जारी गरेको थियो । पशुपतिमा भने वि.सं. २०६८ चैत २६ देखि नियमावली लागू गरिएको थियो । गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार