सिट बाँडफाँटमा सहमति खोज्न शीर्ष नेताहरुको बैठक बस्दै

सिट बाँडफाँटमा सहमति खोज्न शीर्ष नेताहरुको बैठक बस्दै


पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ।

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू बैठक बस्न लागको हो । 
सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू छलफलमा सहभागी हुनेछन्।

सिट बाँडफाँडका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका थिए।

कार्यदलले गरेको रिपोर्टिङका आधारमा आजको छलफलमा सबै विषय टुंग्याउने तयारी छ।

Logo