राहुल गान्धीको राजीनामा स्वीकृत, अन्तरिम अध्यक्षमा सोनिया गान्धी

भारतीय कङ्ग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेको छ ।

शनिबार बसेको कङ्ग्रेस कार्यसमितिको बैठकले राहुलको राजीनामा स्वीकृत गर्दै फेरि सोनियालाई नै अन्तरिम अध्यक्ष चुनेको हो । सोनिया भारतीय कांग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी नेतृ हुन् । अर्को अध्यक्ष नचुनिएसम्म अब पार्टीको नेतृत्व सोनियाले नै गर्ने भएकी छिन् ।

लोकसभा चुनाव २०१९ मा कङ्ग्रेले नराम्रो पराजय ब्यहोरेपछि राहुलले नैतिकताको आधारमा अध्यक्षबाट राजीनामा दिएका थिए ।

शनिबार नै बसेको कांग्रेस कार्यसमितिको दोस्रो बैठकले ३ प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको जनाएका छन्। पहिलो प्रस्तावमा राहुलले महत्वपूर्ण समयमा पार्टीको नेतृत्व गरेकोमा धन्यवाद दिँदै लोकसभा चुनावमा मिलेको हारको नैतिक जिम्मेवारी लिँदै मे २५ मा दिएको राजीनामा स्वीकृत गरिएको छ। सँगसँगै उनलाई आगामी दिनमा पनि पार्टीको नेतृत्वमा रही सही बाटो देखाउन पनि आग्रह गरिएको छ।

त्यस्तै जम्मू-काश्मीरको विषयमा समेत बैठकले एक प्रस्ताव पारित गरेको छ। सो प्रस्तावमा विपक्षी पार्टीअन्तर्गत एक दलका प्रतिनिधि टोलीलाई त्यहाँको अवस्था अवलोकनका लागि जम्मू-काश्मीर जाने वातावरण बनाउन सरकारलाई आग्रह गर्ने उल्लेख छ ।

राहुल गान्धीको राजीनामा स्वीकृत, अन्तरिम अध्यक्षमा सोनिया गान्धी