चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’


नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वलाई लक्षित गरी उक्त अफर ल्याएको हो  । 

उक्त  अफरमा चेरीका सबै प्रो सिरिज अर्थात चेरी टिग्गो ४प्रो, टिग्गो ७प्रो र टिग्गो ८प्रो मा लागू हुनेछ ।

चेरीका यी कार खरिद गर्दा ग्राहकले मोडल अनुसार ५ लाख ८९ हजार ८ सय रुपैयाँ सम्मको फाइदा लिन सक्ने छन् ।

यी वाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा र सडक दस्तुर छुट पाउने छन् । त्यसैगरी कम्पनीले यी कारमा ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध गराउने छ । 

यस अफरमा कुनै पनि पुरानो कारसँग चेरी कार एक्सचेन्ज गर्दा १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस सुविधा समेत प्राप्त हुनेछ ।
 

Logo