नेपालकै पहिलो इभेन्ट ‘बाइक्स एन्ड कफी’ शनिबार सम्पन्न

नेपालकै पहिलो इभेन्ट ‘बाइक्स एन्ड कफी’ शनिबार सम्पन्न


नेपालकै पहिलो इभेन्टको रुपमा ‘बाइक्स एन्ड कफी’ सम्पन्न भएको छ । बाइक अहोलिकको आयोजनामा सम्पन्न उक्त इभेन्ट शनिबार काठमाडौंको नयाँ बजारस्थित एलिक्जिर क्याफेमा सम्पन्न भएको हो ।

बाइक्स एन्ड कफीमा सबै प्रकारका करिव ५ सय बाइक राइडर सहभागी थिए । विश्वका विभिन्न देशमा कार्स एन्ड कफी कल्चर भएको र नेपालमा भने बाइक राइडर धेरै भएकाले बाइकरहरुलाई लक्ष्यित गरी उक्त कार्यक्रम गरिएको आयोजक टिमले बताएको हो ।

प्रत्येक समयमा नयाँ नयाँ स्थानमा यस्तो भेला आयोजना गरिने आयोजकको भनाइ छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको इभेन्टमा जुनसुकै क्षमताका बाइक राइडरहरु सहभागी हुन सक्ने छन् ।

Logo