मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप

मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप


मिटरब्याज पीडितलाई माइतीघर जान रोकेपछि कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ ।

मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो । गाडीमा आउन लागेका उनीहरूलाई प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो । प्रहरीले गाडीमा आउन नदिएपछि मिटरब्याज पीडितहरू हिँडेरै माइतीघर आउन लागेका थिए । हिँडेर आउन लाग्दा पनि प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज र कुटपिट गरेको अभियन्ता निर्घ नवीनले बताए । मिटरब्याज पीडितलाई प्रहरीले कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको छ । उनीहरूले प्रहरी वृत्तमा पनि नाराबाजी गरेका छन् । मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन् । उनीहरू यसअघि गौशाला क्षेत्रमा बसेका थिए । 

Skip This
Logo