पुरानो घरभित्र भेटिएको नोट बेच्दा लखपत्ति

पुरानो घरभित्र भेटिएको नोट बेच्दा लखपत्ति


पुरानो घरको सरसफाई गर्दा केही यस्ता कुराहरु भेटिन्छन, जसको कारण मानिसलाई हजारौं होइन लाखौंको फाइदा हुन्छ । 

आजभोली सोशल मिडियामा यस्ता धेरै समाचारहरु पढ्न पाइन्छ । जसमा मानिसहरू पुराना घरमा भेटिएका चीजबाट धेरै धनी भएका छन् । आजको समाचार पनि यसै विषयमा आधारित भएर लेखिएको छ । रिपोर्टका अनुसार बेलायतमा बसोबास गर्ने एक वृद्ध दम्पतीले घरभित्रबाट ९ वटा पुराना नोट (ब्रिटिश करन्सी) फेला पारेका छिन् । जसलाई ४७ लाखभन्दा बढीमा बिक्री गरिएको छ । नोटको लिलामीको क्रममा दम्पत्तीले यति धेरै रकम पाउदा छक्क परेका छन् ।

रिपोर्टका अनुसार भेटिएका यी नोटहरू सन् १९१६ देखि १९१८ सम्मका हुन् । जसलाई अत्यन्त दुर्लभ नोट भनिएको छ । यही कारण उनको लिलामी मूल्यले सबैलाई छक्क पारेको छ । वृद्ध जोडी (विक र जेनेट) ब्रिस्टलमा बस्छन् । विक पेशाले निर्माण व्यवसायी हुन्  भने उनकी श्रीमती एक प्राविधिक हुन् । लिलामीमा पहिलो नोट ७ लाखमा बिक्री भएको थियो ।

अन्य ३ पाँच पाउण्डका नोट १४.७३ लाखभन्दा बढीमा बिक्री भएका छन् । यी नोट किन्ने व्यक्ति इन्टरनेशनल बैंक नोट सोसाइटीका अध्यक्ष हुन् ।
यो जोडी ५८ वर्षदेखि एकसाथ छन् । जेनेटले भनिन् भेटिएका नोटहरू बहुमूल्य हुनेछन् भनेर उनले सपनामा पनि सोचेका थिएनन् । दम्पतीले ती नौ नोटका लागि ४७ लाख ४२ हजार २७१ रुपैयाँ पाएका थिए । 

Logo