श्रीलंकाको पोष्टमा नेपालको आधा दजर्न गोल, पुग्याे सेमिफाइनलमा

श्रीलंकाको पोष्टमा नेपालको आधा दजर्न गोल, पुग्याे सेमिफाइनलमा


नेपाल महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंशगालामा भएको खेलमा श्रीलंकामाथि ६-० को फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

नेपालको जितमा अमिशा कार्कीले दुई गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले समान एकएक गोल गरे । 

यो जीतसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराउँदै सुखद सुरुवात गरेको थियो । समूह 'बी' को नेपालले २ खेलमा ६ अंक जोड्यो । साथै नेपालसँग हार व्यहोरेर श्रीलंकामाथि जित निकालेको भुटान पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । श्रीलंका भने अंक विहीन बन्यो ।

Skip This
Logo