वीर अस्पतालले भन्यो, घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाएका छौं

वीर अस्पतालले भन्यो, घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाएका छौं


वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै वीर अस्पतालले राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको छ । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्दै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको गुनासो गरे ।

स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि नै वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेको उनको भनाई छ । राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको देखिएको उनले प्रष्ट्याएका छन् ।

अस्पतालमा दैनिक करिब दुई हजार ५०० सय बिरामी आउने गरेको उल्लेख गर्दै सूचना अधिकारी मिश्रले धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेकोले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने बताए । महानगरपालिकाले केही दिन अघि सुचना जारी गरी समाज कल्याण परिषद विर अस्पतला लगायत एक दर्जन सरकारी संस्थालाई कर बुझाउन १० दिनको अल्टीमेटम दिएको थियो । 

Skip This
Logo