सिट बाँडफाँटको सकसमा रहेका गठबन्धनको बैठक आज पनि बस्दै

सिट बाँडफाँटको सकसमा रहेका गठबन्धनको बैठक आज पनि बस्दै


सिट बाँडफाँटमा सहमति नहुँदा सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ । 

निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका हुन् । कार्यदलसहित शीर्ष नेतारुको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने कार्यदल सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए । हिजो पनि कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसेको थियो । 

बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । कार्यदल सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ । कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरुको भनाइ छ । 

मंसिर ४ को निर्वाचनका लागि कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादीले ६० सिटमा दाबी गरेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ३० बढी सिटमा दाबी गर्दा जनमोर्चाको दुई सिटमा दाबी छ । असोज २ र ३ गते समानुपातिक तर्फको बन्द सूची बझुाउने निर्वाचन कार्यतालिका रहेकाले दलहरु छिट्टै सिट बाँडफाँट टुंगो लगाउने गरी निरन्तर छलफलमा छन् ।

Logo