बलिउडका विशाल देसाईको निर्देशनमा सायरा बन्ने

बलिउडका विशाल देसाईको निर्देशनमा सायरा बन्ने


फिल्म सायराको घोषणा गरिएको छ ।

काठमाडौंमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो । बलिउडका विशाल देसाईको निर्देशनमा सायरा निर्माण हुने जानकारी दिइयो । सायरामा आर्यन सिग्देल, सोफिया सिद्दिकी, कविता नेपालको नाम टुंगो लागिसकेको छ भने बाँकी कलाकारको टुंगो लाग्न बाँकी रहेको छ । नेपाली र हिन्दी भाषामा निर्माण हुने सायराको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । पुष्कर झाले निर्माण गर्ने सायराको प्रस्तुतकर्ता रघु परियार हुन् । 
 

Logo