नेपाल भित्रिन थाल्यो कोरोनाविरुद्ध प्रयोग हुँदै आएको औषधि

नेपाल भित्रिन थाल्यो कोरोनाविरुद्ध प्रयोग हुँदै आएको औषधि


कोभिड १९ का बिरामीका लागि रोग प्रतिरोधी क्षमता बढाउने औषधिको रुपमा लिइएको रेमडेसिभिर नेपाल भित्रिएको छ । सिनर्जी ओभरसिज कम्पनीले भारतबाट माइलन ब्राण्डको रेमडेसिभिर नेपाल ल्याएको हो ।

औषधि व्यवस्था विभागका निर्देशक नारायण प्रसाद ढकालले पहिलो चरणमा म्यालन ब्राण्डको औषधि भित्रिएको बताए । उनका अनुसार यो  औषधिलाई ७ हजार ८ सय नेपाली रुपैयाँ पर्छ । यसको प्रयोग गरेबापतको मूल्य बिरामीले तिर्ने कि सरकारले व्यहोर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

यो औषधि सिधै अस्पतालको निगरानीमा संक्रमित बिरामीको उपचारमा प्रयोग हुनेछ। यसको प्रयोगका लागि पोर्टोकल मिलाउने जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पाएको छ।

औषधि बिभागले रेमडेसिभिर कानुनी बाटोबाट नेपाल ल्याउनलाई गत शनिबार नेपालका तीनवटा कम्पनी यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई अनुमति दिएको थियो ।

यति फर्मले सिप्ला ब्राण्डको, सिनर्जी ओभरसिजले  माइलन ब्राण्डको र भियोसिस लाइभ साइन्सेसले हेटेरो ब्राण्डको रेमडेसिभिर  नेपाल ल्याउने तयारी भइरहेको छ ।

सन २००९ मा इबोला बिरुद्द प्रयोग भएको यो औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएकाले विश्वका बिकसित देशहरुले यसको प्रयोगमा अनुमति दिएका छन् ।

Logo