प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै, चिकित्सकले दिए यस्तो सुझाव

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्नुहुँदै । फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत आज दिउसो सवा १२ बजे अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नेछन् । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक बढी समय लागेको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपणपछिको समग्र पक्षमा परीक्षण गरेका छन ।

दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढ्नुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर गएका थिए । उनलाई काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्नसमेत चिकित्सकले सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै, चिकित्सकले दिए यस्तो सुझाव