एनसेलले ल्यायाे दशैं अफर, रिचार्ज गर्दा ४० रुपैयाँसम्म बोनस

एनसेलले ल्यायाे दशैं अफर, रिचार्ज गर्दा ४० रुपैयाँसम्म बोनस


एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको नेपालीहरूकाे महान् चाड दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन् । 
 
यो योजना मंगलबार देखि संचालनमा आएको छ । उक्त योजनाअन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्नेछन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने कम्पनीले जनाएको छ ।

यदि ग्राहकले एक दिनमा एकैपटक वा पटक-पटक गरि रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहेने कम्पनीले जनाएको छ । त्यस्तै ग्राहकले एक दिनमा एकैपटक वा पटक-पटक गरि रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुनेछ ।  

प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । आफ्ना ग्राहकका लागि रु १०० वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । 

यस योजनाले ग्राहकलाई चाडपर्वको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

Logo