महाभियोग सिफारिस समितिको बारेमा गलत सम्प्रेषण भएको भन्दै तोकियो प्रवक्ता

महाभियोग सिफारिस समितिको बारेमा गलत सम्प्रेषण भएको भन्दै तोकियो प्रवक्ता


प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग छानवीन गर्न गठित सो समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । 

समितिको कामकारबाहीबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समितिका सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समितिका सदस्य एवम् कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए । समितिमा सबै राजनीतिक दलका प्रतिनिधिहरु भएकाले गौतमलाई प्रवक्ता तोक्ने काममा कुनै विवाद नभएको पनि उनले स्पष्ट पारे ।  

‘सञ्चारकर्मी साथीहरुले समितिका सदस्यहरुसँग समितिको बारेमा र समितिको कामकारबाहीको बारेमा लिएका सूचनाहरुको विषयलाई लिएर विभिन्न किसिमका अंशमा प्रशारण गरिएको सूचनाहरुले भ्रम सृजना गरेको हुनाले समितिको सूचना एकद्वार प्रणालीबाट जाओस् भनेर समितिका सचिव लक्ष्मीप्रसाद गौतमलाई प्रवक्ता तोक्ने निर्णय हामीले ग-यौं ।’ उनले भने । 

बैठकमा समितिको सूचना गलत ढंगले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको थियो ।  

Logo