५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

नेपालले  संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई २०४७ भदौं २९ गते अनुमोदन गरेको दिनको अवसरलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउँदै आएको छ । दिवस २०६३ सालदेखि मनाउन थालिएको हो । बालदिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले बालबालिकाको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासमा आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । 

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हक सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गर्दै उनले कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता रहेको बताएकी छिन् । 

Logo