अध्यक्ष प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा

अध्यक्ष प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा


नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरी खुमलटार पुगेका छन् । 

प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले अध्यक्ष प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकाे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् । 

‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो,’ मल्लले भने, ‘अध्यक्ष प्रचण्डले राजदुत बेरीको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।’ 

Logo