सुर्यको रंग सेतो

सुर्यको रंग सेतो


सूर्यको रङ कस्तो छ भनेर सोधियो भने के जवाफ दिने ? पक्कै पनि धेरैले यसलाई पहेंलो र रातो भन्ने गर्छन । 

तर वास्तवमा सूर्यको रंग फरक छ । नासाका पूर्व अन्तरिक्ष यात्री स्कट केलीले मंगलबार यो अन्तरिक्ष तथ्यको पुष्टि गरेका हुन । अर्थात् उनले सूर्यको रङ कस्तो हुन्छ भन्ने पत्ता लगाएका हुन । केलीका अनुसार पृथ्वीमा हुँदा हामी सूर्यलाई पहेँलो देख्छौं । यसको कारण प्रकाशको भौतिक विज्ञान हो । त्यसै कारण हामी सूर्यलाई पहेँलो देख्छौं ।

केलीका अनुसार सूर्यको वास्तविक रंग सेतो हो । पृथ्वीको वायुमण्डलका कारण सूर्यलाई हामी पहेँलो रंगको देख्छौं । तर पृथ्वीको वायुमण्डलबाट बाहिर निस्किएपछि सूर्य सेतो रंगको देखिन्छ । यो अन्तरिक्षबाट खिचिएका तस्वीरहरूमा मात्र देख्न सकिन्छ ।

हामी सूर्यको एकल रङ देख्न सक्दैनौं किनभने सूर्यको किरणले हाम्रो आँखाको फोटोरिसेप्टर सेलहरूमा प्रभाव पार्छ । जब प्रकाशका सबै रंगहरू एकसाथ मिल्छन्, तिनीहरू सेतोमा समाप्त हुन्छन् । यसै कारणले गर्दा सूर्य पृथ्वीमा पहेंलो, रातो र अन्तरिक्षमा सेतो रंगको देखिन्छ ।

Logo