#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31530342970238741370223146402
नेपाल666324291814248061

प्रधानमन्त्री स्वदेश फर्किदा एयरपोर्टमा देखिएको त्यो भिड

सिंङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण गरी सोमबार फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै विभिन्न संगठनका प्रमुखहरु । तस्वीरः रासस

काठमाडौं । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किए । सिंगापुरबाट स्वदेश फर्किएका प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेताहरू बामदेव गौतम, सुवाष नेम्वाङ, विष्णु पौडेल लगायतले स्वागत गरे ।

सबैभन्दा पहिला सभामुख महराले पुष्पगुच्छा दिएर स्वागत गरे । त्यसपछि क्रमशः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, रक्षामन्त्री पोखरेल, नेकपा नेता नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले स्वागत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै सभामुख कृष्णबहादुर महरा । तस्वीरः रासस

उनीहरूको स्वागत भीआईपी तथा भीभीआईपीहरूको लागि सामान्य हो । तर सोमबार प्रधानमन्त्री विमानस्थल पुग्दा देखिएको अर्को दृश्य भने निकै रोचक छ । जसमा प्रधानमन्त्रीलाई स्वागत गर्न संयौंको संख्यामा नेकपा नेता तथा कार्यकर्ताहरू विमानस्थलमा उपस्थित थिए ।

मन्त्री तथा नेकपा शीर्ष नेताहरूको स्वागत कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली अर्को तर्फ मोडिन्छन् । जहाँ थिए संयौंको संख्यामा नेकपा नेता तथा कार्यकर्ता । उनीहरूले पनि प्रधानमन्त्री ओली तथा प्रथम महिला राधिका शाक्यलाई खाँदा ओढाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै विभिन्न संगठनका प्रमुखहरु । तस्वीरः रासस

प्रधानमन्त्री ओलीले करिब १० मिनेट भन्दा बढि समय त्यही खाँदा ग्रहण गर्नमै विताए । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा देखिएको त्यो भिडलाई सत्तारूढ नेकपाले कतिपय नेताहरू असान्दर्भिक भनेका छन् । उनीहरूले त्यसलाई चाकडीको संज्ञा समेत दिए ।

पत्रकारसँग किन डराए ?
विदेश भ्रमणबाट फर्किएपछि भ्रमणबारे जानकारी गराउने परम्परा नै हो । त्यो काम विमानस्थलमै गरिन्छ । र अहिलेसम्म गर्दै आएका पनि छन् । तर यो पटक भने प्रधानमन्त्रीले पत्रकारलाई कुनै प्रतिक्रिया दिन मानेनन् । बर उल्टै भ्रमण र आफ्नो स्वास्थ्यबारे एक दुई दिनमै थाहा पाइहाल्नु हुन्छ भन्दै पन्छिन खोजे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै विभिन्न संगठनका प्रमुखहरु । तस्वीरः रासस

सेनाको सलामी अस्वीकारः
प्रधानमन्त्री ओलीले नेपाली सेनाले प्रदान गर्ने सलामी अस्वीकार गरेका छन् । सलामी अस्वीकार गर्नुको कुनै कारण नभएपनि उनले आफु कुनै औपचारिक भ्रमणमा नगएको बताए ।

आफ्नो विशुद्ध अनौपचारिक भ्रमण भएको भन्दै प्रधानमन्त्री ओलीले सेनाको सलामी अस्वीकार गरेका थिए । जसबारे मिश्रित प्रक्रिया आइरहेको छ । अधिकांशले यसलाई सकारात्मक नै भनेका छन् ।

जब प्रधानमन्त्री सेनाको सलामी लिन र पत्रकारसँग बोल्न मानेनन्

सम्बन्धित समाचारहरु

ताजा समाचार