मंशिरमा हुने उपनिर्वाचन बहिष्कार गर्ने वैद्यको घोषणा

काठमाडौं,

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी मंसीर १४ गते हुन गइरहेको उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । साउन २१ देखि २३ सम्म चलेको पार्टीको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो ।

सत्ता र व्यवस्था बदनाम हुँदै गएको अवस्थामा निर्वाचनको उपयोग नगरी बहिष्कार गरेर संसदवादको भण्डाफोर गर्न उपर्युक्त हुने बताउदै निर्वाचन बहिष्कार गरेको वैद्यले बताउनुभयो । महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन बहिष्कार गर्ने उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहसमेत गरी ३६ जिल्लाका ५० ठाउँमा मंसिर १४ गते उपनिर्वाचन हुने बताइएको छ । नेपालको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप नगर्न पनि अन्तर्राष्ट्रिय समुदायसँग वैद्य माओवादीले आग्रह गरेको छ ।

वैद्यले वक्तव्यमा भनेका छन्, ‘उपयुक्त कानुनहरूको निर्माण तथा सहयोग प्रदान गरी आयोगहरूलाई पुनर्गठन गरी समस्याको समुचित समाधान निकाल्न सरकारसँग जोडदार माग गर्दछौं ।’