पत्रकार भण्डारी सम्मानित

पत्रकार भण्डारी सम्मानित


नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहामा सम्मानित भएका छन् । महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले भण्डारीलाई सम्मान गरेका थिए । फोटो पत्रकार महासंघको स्थापनाकालदेखि नेतृत्वदायी भुमिकामा रहि महासंघलाई स्थापित गराउन अहम भुमिका निर्वाह गरेको भन्दै भण्डारीलाई सम्मान गरिएको हो ।

भण्डारी नेपाल फोटो पत्रकार महासंघका मधेस प्रदेश महासचिव हुन् । 

 

 

 

Logo