कृषि मन्त्रालयमा ७० जनालाई रोजगारीको अवसर, परीक्षा दिन नपर्ने

प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७० जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ।  मन्त्रालयले ति कर्मचारीहरु करारमा नियुक्ति गर्न लागेको हो ।

मन्त्रालयले कृषि विज्ञ, पशु प्राविधिकसहित विभिन्न पदमा १५ दिनभित्र दरखास्त आह्वान गरेको हो । दरखास्त दिएकाहरुलाई सिधैँ अन्तर्वार्ताबाट छनौट गरिनेछ । अन्तर्वार्ता र शैक्षिक योग्यताको आधारमा कर्मचारी नियुक्ति गर्ने भएपछि लिखित परीक्षा दिन नपर्ने भएको छ ।

कृषि मन्त्रालयमा ७० जनालाई रोजगारीको अवसर, परीक्षा दिन नपर्ने