बाहुबलीका प्रभासदेखि केजीएफका यशसम्म साउथका स्टारहरूको पूरा नाम के थाहा छ ?

बाहुबलीका प्रभासदेखि केजीएफका यशसम्म साउथका स्टारहरूको पूरा नाम के थाहा छ ?


आजकल भारतीय बक्स अफिसमा साउथको दबदबा छ । धेरै साउथ इन्डियन स्टारहरु अहिले प्यान इन्डिया स्टार बन्न तर्फ लागेका छन् । जसरी साउथका कलाकारहरुको लोकप्रियता बढ्दै गएको छ, त्यसैगरी मानिसहरुमा यी स्टारहरुको बारेमा जान्न उत्सुकता पनि बढेको छ । अहिलेसम्म तपाईले केजीएफ अभिनेता यश र बाहुबलीका प्रभासको एउटै नाम मात्र सुन्नु भएको होला । तर के तपाईलाई यी कलाकारहरुको पूरा नाम थाहा छ  ?

No description available.

बाहुबली फिल्मबाट प्यान इन्डिया स्टार बनेका अभिनेता प्रभासको पूरा नाम निकै लामो छ । देशका  चर्चित अभिनेतामध्ये एक अभिनेता प्रभासको पूरा नाम ‘उप्पलापति वेंकट सत्यनारायण प्रभास राजु’ हो ।

No description available.

आज सबैले केजीएफ स्टार यशलाई उनको नाम वा रकी भाइले चिन्छन्, तर के तपाईंलाई उनको पूरा नाम थाहा छ। अभिनेता यशको पूरा नाम यश गौडा हो र उनको वास्तविक नाम नवीन कुमार गौडा हो ।

No description available.

फिल्म आरआरआरसँगै अभिनेता जूनियर एनटीआरको लोकप्रियता बढेको छ । जुनियर एनटीआरको पूरा नाम ‘नन्दमुरी तारका रामाराव’ हो भनेर धेरै कम मानिसलाई थाहा होला ।

No description available.

अभिनेता रामचरणको नाम पनि साउथका चर्चित अभिनेतामध्ये एक हो र आज देशभर चर्चामा छ । अरू स्टारहरू जस्तै रामचरणको पूरा नाम 'कोनिडेला रामचरण तेजा' हो।

No description available.

साउथका मेगास्टार भनिने अभिनेता चिरञ्जीवीलाई सधैं उनको एकल नाम चिरञ्जीवीले चिनिन्छ, यद्यपि यो उनको छोटो नाम हो। चिरञ्जीवी अभिनेता राम चरणका पिता हुन् र उनको पूरा र वास्तविक नाम 'कोनिडेला शिव शंकर वरा प्रसाद' हो।

Logo