चितवन आइपुग्यो पल्सर बिएससिक्स मोडल

चितवन आइपुग्यो पल्सर बिएससिक्स मोडल


बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकल चितवन आइपुगेको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता एनके मोटर्स भरतपुरले शुक्रबार बेलुका ५ बजे एक कार्यक्रमका बीच पल्सर बिएससिक्स मोडलको मोटरसाइकल सार्वजनिक गर्दैछ ।

भरतपुरको चौविसकोठीमा गायक प्रमोद खरेल, गायिका टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीले संयुक्त रूपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको एनके मोटर्स भरतपुरका सञ्चालक पदमराज कँडेलले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए । आउँदै गरेको दसैँ, तिहार र छठलाई मध्यनजर गरेर मोटरसाइकल विक्रीमा ‘आधाको आधा नै काफी छ’ भन्ने स्किम ल्याइएको उनले बताए ।

यस स्किम अनुसार २५ प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल किन्न सकिन्छ । साथै नगद सात हजार रुपैयाँसम्म छुट पनि हुने बजाज कम्पनीका क्षेत्रीय अधिकृत विजय कुमार सिंहले बताए । पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकलको लन्चिङ मुल्य २ लाख ७९ हजार ९०० रुपैयाँ राखिएको छ ।

Logo