एउटा ट्वीटले अमेरिकी दुतावासको युटर्न, सन्दीपले पाए भिसा

सन्दीप लामिछानेको एउटा ट्वीटले अमेरिकी दुतावासलाई आफ्नै निर्णय परिवर्तन गर्न बाध्य तुल्याएको छ। ट्वीटले तहल्का पिटेपछि दुतावास आफ्नो निर्णयबाट ४ घण्टामै युटर्न भएको हो ।

बिहान १० बजे अन्तर्वार्ताका लागि दुतावास पुगेका सन्दीपलाई भिसा दिन इन्कार गरेको थियो । त्यसपछि आफू चकित परेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित अमेरिकी राजदूत र दूतावासलाई मेन्सन गरेर ट्विट गरेका थिए ।

सन्दीपले ट्वीट गर्दै सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएपछि क्यारेबियन प्रिमियर लिग खेल्न जान गाह्रो भएको उल्लेख गरेका थिए ।

सोसल मिडिया र संचारमाध्यमहरुमा दुतावासको विरोध हुन् थालेपछि दिउसो फेरि कार्यालयमा बोलाएर सन्दीपलाई भिसा दिएको हो ।