लोसपाले ३ असोजमा विरोध दिवस मनाउने

लोसपाले ३ असोजमा विरोध दिवस मनाउने


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ । 

बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए । बैठकमा आसन्‍न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भएको छ।

३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने साे दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नोपलमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।

Logo