महिला कार र्‍याली आयोजना हुने

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को वुमन कमिसनले महिला कार र्‍याली ‘Power to Power Steering’ आयोजना गर्ने भएको छ । असोज ४ गते शनिबार हुने कार र्‍याली ललितपुरको झसिमखेलबाट शुरु भई धुलिखेल स्थित हिमालयन मोटर ल्याण्डमा पुगी ट्रयाक रेसिङ्ग तथा जिमखाना आदि जस्ता प्रतियोगिताका साथ समापन हुनेछ ।

Adventure & Thrilling तथा Track Racing को समेत अनुभव दिने सो र्‍याली शाहसिक पर्यटन तथा शाहसिक खेलकुद नेपालमा मात्र नभई संसारमै लोक प्रिय हुदै गईरहेको छ । नेपालमा पनि ड्राइभ टुरिजम, टु व्हिल टुरिङ्ग, अफ रोड र्‍याली, TSD र्‍याली तथा क्रसकन्ट्री जस्ता मोटरिङ्गका इभेन्टहरु समेत क्रमश लोकप्रिय बन्दै गईरहेका छन् ।

नासा नेपालद्वारा थुप्रै मोटरसाइकल रेसिङ्ग तथा र्‍यालीहरुआयोजना भए पनि महिला मात्रको कार र्‍याली पहिलो हो । महिला शक्तिकरण तथा सडक सुरक्षाको संदेश दिने हेतुले आयोजना हुने सो र्‍यालीको सुरुवातमा सम्पूर्ण ड्राइभरहरुलाई सेफ ड्राइभिङ्ग सम्बन्धि जानकारी दिईनेछ ।

सो प्रतियोगिताका बिजेताहरुलाई शिल्ड, मेडल, सर्टिफिकेट प्रदान गर्नुका साथै उत्कृष्ट प्रतियोगीलाई वैदेशिक कार्यक्रममा संलग्न समेत गराइने कार्यक्रमकी संयोजक संजु बज्राचार्यले जानकारी दिइन् ।