अष्ट्रेलियामा ओवन तीज महोत्सव २०१९ हुने

अष्ट्रेलियामा ओवन तीज महोत्सव २०१९ हुने भएको छ । २४ अगष्टमा वाईट पार्क, लिडकम्बमा हुने महोत्सवमा नेपालबाट पछिल्लो समयमा चर्चित गायक प्रकाश सपूत, लोक दोहोरी गायक बद्री पंगेनी, प्रिति आले र कविता नेपाली लगायतका कलाकारले आफ्नो प्रस्तुति दिने छन् ।

ओवन नेपालीज कम्युनिटीको आयोजना हुने महोत्सवमा आर्कषणको रूपमा लाइभ म्युजिक, सांस्कृतिक नृत्य र फुड स्टलको समेत व्यवस्था गरिएको छ । प्रवेश निःशुल्क रहेको महोत्सवमा टाइटल स्पोन्सरमा मनकामना ग्रोसरी स्टोर, एञ्जल होम लोन रहेका छन् ।