वर्ल्डलिंक कम्युनिकेसन २८औं वर्षमा प्रवेश, ७३ जिल्लामा सेवा विस्तार

वर्ल्डलिंक कम्युनिकेसन २८औं वर्षमा प्रवेश, ७३ जिल्लामा सेवा विस्तार


नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आफ्नो स्थापनाको २७ वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेश गरेको छ । ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीको यात्राले २७ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको छ ।

कम्पनीले देशको ७३ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी सफलता पूर्वक सञ्चालन गरिरहेको छ भने यहि वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा सञ्चालन गर्नेछ । कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो ।

आजको दिनमा देशभर ७ लाख घरमा इन्टरनेट जडानसहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउँदै आइरहेको सबैभन्दा ठूलो कम्पनीको रुपमा वर्ल्डलिंकले स्थापित भएको छ । देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उतरचढावहरू भोगेको यस कम्पनीले अहिले १४००० हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ भने यो बर्षभित्र ३०००० स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।

कम्पनीका निर्देशक मनोज अग्रवालका अनुसार यो वर्षमामात्रै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन् । हाल कम्पनीको देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेको उनले बताए । “नेपालको डिजिटल पूर्वाधार निर्माणमा वर्ल्डलिंकको योगदान उल्लेखनिय छ,” उनले भने, “देशमा सञ्चार सेवालाई विस्तार गर्न कम्पनीले पूर्वाधार निर्माणमा महत्वपूर्ण भुमिका खेलेको छ ।”
 

Logo