एनआईसी एसिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौं,
एनआईसी एसिया बैंक र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यावसायिक परामर्श सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार उपायले प्रदान गर्ने सेवाहरूमा एनआईसी एसिया बैंकका ग्राहक महानुभावहरूले डिजिटल च्यानलहरू मार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । बैंकले सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेको जनाएको छ ।

उपाय सर्भिसेज लिमिटेड कानुन, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरूद्वारा सञ्चालित एक डिजिटल फर्म हो भने एनआईसी एसिया बैंक मुलुकभर २ सय ९५ शाखा कार्यालय, ३ सय २१ एटीएम, ५७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।