नेकपाको बैठक आज बस्दै

काठमाडौं,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मङ्गलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ ।

साउन १३ गते बसेको सचिवालयको बैठकले २८ गतेका लागि बैठकको मिति तय गरिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा केही दिन ढिलो सिङ्गापुरबाट फर्किनु भएको कारण बैठकको गृहकार्य हुन सकेको थिएन ।

त्यही भएर मङ्गलबार बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक बुधबारका लागि सारिएको पनि उहाँले जानकारी दिनुभयो ।