युट्युव छोटो भिडियो क्लिप मार्फत प्रतिक्रिया दिने फिचर ल्याउने तयारीमा

युट्युव छोटो भिडियो क्लिप मार्फत प्रतिक्रिया दिने फिचर ल्याउने तयारीमा


युट्युवले आइओएस प्रयोगकर्ताका आफ्ना सिर्जनाकर्ता (क्रिएटर) हरूलाई साना–साना क्लिप मार्फत आफ्ना प्रशंसक (फ्यान) का कमेन्टहरुको जवाफ दिन अनुमति दिएको छ । 

आफ्ना प्रयोगकर्ताहरुको छोटो क्लिप मार्फत प्रतिक्रिया दिने फिचर उपलब्ध गराउने अनुरोधलाई मात्रै मध्यनजर गरेको युट्युवले जनाएको छ । यो फिचर अहिले रोल आउट  हुँदैछ । “एनड्रोएड लन्चिङ डाउन द रोड“को साथमा अपडेट भएको उक्त फिचर आइओएसका सम्पुर्ण प्रयोगकर्ताहरुले आगामी साता प्रयोग गर्न पाउनेछन् ।  

युट्युवले शर्टसको प्लेटफर्ममा युट्युव टिभी नामक आफ्नो स्मार्ट टिभी पनि लन्च गर्ने तयारी गरिरहेको छ । जसमा युट्युव टिभीले दर्शकहरूलाई मोसाइक मोड “Mosaic Mode” भन्ने नयाँ सुविधा मार्फत एकैसाथ चारवटा लाइभ स्ट्रिमहरू हेर्न मिल्ने योजना बनाएको छ ।

स्ट्रिमिङ प्लेटफर्मका अनुसार प्रयोगकर्ताहरुको अनुभव वृद्धि गर्ने उद्देश्यका साथ प्रयोगकर्ताहरूले अब आफ्नो आईओएस र एन्ड्रोइड एपमा “छोटोमा सम्पादन गर्नुहोस्“ भन्ने अपस्न थपेर आफ्ना लामो भिडियोहरूलाई सर्टमा बदल्न सक्छन् । 

युट्युव शर्टस (क्लिप) दैनिक हेर्नेहरुको संख्या ३० बिलियन पुगेको छ । र, यो संख्या तीव्र रुपमा नै बढिरहेको छ । 
 

Skip This
Logo