उदयपुरमा ३४ जनामा डेंंगुको संक्रमण पुष्टि

उदयपुरमा ३४ जनामा डेंंगुको संक्रमण पुष्टि


उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंगु संक्रमण देखिएको छ ।  बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंंगु फेला परेको हो । 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ । किनकी त्यहाँ सबैभन्दा धेरैमा डेंंगु देखिएको छ । यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको छ ।

झण्डै तीन दर्जनमा डेंंगु फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जानकारी दिए । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये तीन नगरपालिकामा डेंगु भेटिएको छन् ।

 

Logo