पहिरोका कारण सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध

पहिरोका कारण सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध


महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ ।

सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं ६ घुम्ती नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । केही दिनदेखिको वर्षासँगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो ।

सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखि गोरुसिंगेको सम्बन्ध विच्छेद भएको छ । यद्यपि पहिरो पन्छाउने काम भैरहेको र साँझ अबेरसम्म बाटो खुल्ने बताइएको छ ।

Logo