जोरपाटीमा बम भनेर डिस्पोज गर्न जाँदा तार भेटिएपछि….

बुधबार बिहानै जोरपाटीस्थित नेपाल मेडिकल कलेज नजिकै बम राखेको हल्ला फैलियो ।

हल्ला फैलिएलगतै स्थानीयको भिड लाग्न थाल्यो। बम भनिएको वस्तु पत्रिकाले छोपिएको थियो भने नजिकै एउटा तार पनि थियो।  शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरे।  डिएसपी नरेन्द्र चन्दको टोली घटनास्थलमा पुग्यो।

प्रहरीको प्रारम्भिक अवलोकनले उक्त वस्तु बम नै भएको निष्कर्ष निकाल्यो ।  लगतै प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खवर गर्यो ।  खवर पाउनासाथ सेनाको टोली घटनास्थल आइपुग्यो।

सेनाको टोलीले निकै सावधानीका साथ उक्त वस्तु डिस्पोजका लागि तम्तयार भएर फिल्डमा खट्यो। तर, उक्त वस्तु बम नभएर पानी तान्ने मोटरको तार भएको पाइयो । सेनाले वास्तविकता बताएपछि त्रसित स्थानीयबीच हाँसो फैलियो ।