एमालेको सचिवालय बैठक शुरू, समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार टुंग्याउने तयारी

एमालेको सचिवालय बैठक शुरू, समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार टुंग्याउने तयारी


नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो । केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकले प्रतिनिधि सभा र सात वटै प्रदेश सभातर्फको समानुपातिक उम्मेदवारहरूको टुंगो लगाउने बताइएको छ ।

एमालेले प्रदेश सभा निर्वाचन कमिटीबाटै उम्मेदवारको नाम सिफारिस गरेको छ ।जिल्ला हुँदै प्रदेश र केन्द्रीय कमिटीमा उम्मेदवारको नामावली सिफारिस गरिएको छ । सोही सिफारिसका आधारमा उम्मेदवारको अन्तिम नामावली सचिवालय बैठकले टुंगो लगाउने तयारी छ । 

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने समय आइतवार र सोमवार तोकेको छ । एमालेले आइतवार नै आयोगमा बन्दसूची बुझाउने तयारी गरेको छ । 

Logo